| बिहिबार, मंसिर २१, २०८०

प्रहरी नियन्त्रणबाटै फरार

१४ देशले खोजेको व्यक्ति नेपाल प्रहरी द्रारा पक्राउ

दरौंदी: विभिन्न १४ मुलुकका मुद्रा सहित झापा अर्जुनधारा–८ का दिनेश गिरी पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आउँदै गरेका गिरीलाई चेकजाँचको क्रममा नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताएका छन् ।

प्रहरीले गिरीको साथबाट नेपाली १५ लाख मुल्य बराबरको विभीन्न मुलुकका मुद्रा बरामद गरेको छ । उनको साथबाट ३ हजार ८ सय अमेरिकी डलर, कतारियन मुद्रा ३ हजार ५ सय ४५, जापानिय येन ४ लाख ९३ हजार, दुबईको मुद्रा ६,६८०, कोरियन मुद्रा ३ लाख १० हजार, मलेशियन रिंगेट १८ सय ६५, साउदी रियाल ३,५२५, कुवेतको मुद्रा २४७, यनमको ६५, हङकङ २५०, युरो ११०, बहराईनको २० डलर, पाउण्ड स्ट्रेलिङ १० र  थाई भाट ४० बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै राजधानीको ठमेलस्थित ज्याठा चोकबाट ७ सय ग्राम लागु औषध (चरेश) सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कालिकोट स्थायी घर भएका बिरजित शाही, लगिन्द्र बम, रंजित विक र पटक बहादुर बम रहेका छन् ।

महानगरीय प्रहरी वृत दरबारमार्गका इन्सपेक्टर बसन्त आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले सर्च गर्दा अभियुक्तहरुमध्ये बिरजित शाहिले बोकेको झोलामा ७ सय ग्राम चरेश फेला परेको काठमाडौं प्रहरीले जनाएको छ । अभियुक्तहरुमाथी जिल्ला अदालत काठमाडौंबाट लागु औषध मुद्धामा म्याद लिएर अनुसन्धान भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्