| बिहिबार, मंसिर ११, २०७७

बलात्कार

छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा मुद्धा दर्ता

दरौँदी ः छात्रालाई यौन दुब्र्यबहार गरेको आरोपमा पक्राउ परेका शिक्षक विरुद्ध बिहीबार मुद्धा दर्ता भएको छ ।
गोरखा नगरपालिका १० स्थित तारा मावि छेपेटारका शिक्षक बिनोद पाण्डेलाई प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता गरेको डिएसपी भेषराज रिजालले जानकारी दिए ।

बुधबार विद्यालयको कम्प्यूटर कक्षामा शिक्षक पाण्डेले छात्राको सम्बेदनशिल अंगमा हातले छोएको भनेर छात्रा रुँदै कक्षा बाहिर निस्किएपछि घटना सार्वजनिक भएको थियो । पीडित बालिकाको परिवारले बुधबार नै बाह्रकिलो प्रहरी चौकीमा उजुरी गरेपछि बुधबार राती प्रहरीले शिक्षक पाण्डेलाई पक्राउ गरेको थियो । शिक्षक पाण्डे विरुद्ध शुक्रबार म्याद थप गरी थप अनुसन्धान गरिने डिएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्