| बिहिबार, मंसिर २०, २०८१

सुन प्रकरण

सुन प्रकरणका योजनाकार राप्रपाको नेता भुजुङ

फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुन लुटने योजना राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङले बनाएको खुलेको छ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पोडैल नेतृत्वको छानविन समितिले गरेको अनुसन्धानबाट सुन लुट्न भुजुङले युवा परिचालन गरेको खुलेको हो। ‘सुन भुजुङकै समूहले लुटेको अनुसन्धानबाट देखिएको छ,’ समिति स्रोतले सेतोपाटीसँग भन्यो।

सनम शाक्यको हत्यापछि पक्राउ परेका पुण्यप्रसाद लामाले बयानमा सुन भुजुङको समूहले नै लुटेको बताएका छन्। ‘सुन बोकेर म र सानु वन अनामनगरतिर जाँदै थियौं, भुजुङका केटाहरू आएर सुन लुटे,’ लामाले बयानमा भनेका छन्।

स्रोतका अनुसार विमानस्थलमा लोडरको काम गर्ने सानु वन भुजुङका विश्वास पात्र थिए। सानुले कहिले, कति सुन आयो सबै भुजुङलाई रिर्पोट गर्थे। सो सुन आउनपूर्व नै भुजुुङलाई सानुले खबर गरिसकेका थिए। सानुको सूचनाका आधारमै भुजुङले सुन लुट्ने योजना बनाए।

प्रतिक्रिया दिनुहोस्