| बिहिबार, अशोज ८, २०७७

गोरखाको बसलाई पोखराको माइक्रोले ठक्कर दियो, पाँच जना घाइते

गोरखाबाट काठमाडौँ जाँदै गरेको बसलाई पोखराबाट काठमाडौँ जाँदै गरेको माइक्रोबसले पछाडीबाट आएर ठोक्कीँदा दुर्घटना भएको छ । गोरखाको ना ५ ख ५१९५ नम्बरको डिलक्स बसको पछाडी धादिङको बैरेनी प्रहरी चौकी नजिकै माइक्रोले ठक्कर दिएको हो । दुर्घटनामा माइक्रोमा सवार पाँच जना सामान्य घाइते भएको घटनास्थलमा भएका तोरण सिर्मलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्