| बुधबार, अशोज २३, २०८१

भूकम्प पीडितको पैसाले कर्मचारीलाई घर

गोरखामा भूकम्प पिडितको तेस्रो किस्ताको एक लाख रुपैँया चोरी

दरौँदी ः घर बनाएर तेस्रो किस्ता बुझेर गएका एक भूकम्प पिडितको एक लाख रुपैँया चोरी भएको छ । शुक्रबार गोरखा सदरमुकामको हरमटारी स्थित घ्याम्पेसाल चोकमा पैसा बुझेर बस चढेर घर फर्कन लागेका गोरख नगरपालिका १ ताप्ले स्थित छापथोकका भानुभक्त भट्टको एक लाख रुपैँया चोरी भएको हो । गोरखाबाट आरुघाटका लागि छुटेको ग १ ख ५९१७ नम्बरको बसबाट दिउँसो करिब एक बजे रकम चोरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
प्राइम कमर्सियल बैङ्क गोरखा शाखाबाट भुकम्पको तेस्रो किस्ता बापतको एक लाख रुपैँया बुझेर बस चढी घर फर्कन लाग्दा भट्टको पैसा चोरी भएको हो ।
‘बैंकबाट पैसा लिएर आएर बस चढेँ’ भट्टले भने ‘बस चढ्न लाग्दा साथमै भएको पैसा बसभित्र छिरेर सिटमा बसेर हेर्दा छामेको भेटिन ।’ पैसा हराएको थाहा पाउने बित्तीकै प्रहरीलाई खबर गरेको भट्टको भनाई छ । ‘घर बनाएको ऋण तिर्नु पर्ने पैसा चोरी भयो’ भट्ट भन्छन् ‘किस्ता आएपछि पैसा दिउँला भनेर साहुसँग ऋण लिई घर बनाएको थिएँ, अब के गर्ने ?’ प्रहरीले रकम चोर्नेको खोजी भइरहेको जनाएको छ । घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका टोलीले उक्त सबारी साधन भित्र रहेका सम्पूर्ण यात्रुहरुको खानतलासी गरेपनि कसैबाट पनि चोरीको रकम नभेटिएको डिएसपी रिजालले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको उनले भनाई छ ।

प्रतिक्रिया दिनुहोस्