| शनिबार, बैशाख ८, २०८१

३३ किलो सुन लुटेपछि गोरे नै अपहरणमा परे

३३ किलो सुन लुटेपछि गोरे नै अपहरणमा परे

गृह मन्त्रालयले बनाएको छानबिन समितिले पछिल्ला पाँच वर्षमा झन्डै ३८ क्विन्टल तस्करीको सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको छ।

यो तस्करीका मुख्य पात्र हुन्, मोरङका चुडामणि उप्रेती उर्फ गोरे। दुबई प्रहरीको जागिर छोडेर सुन तस्करीमा लागेका गोरे पछिल्लो समय फरार छन्।

उनले दिएको यातनाबाट सुन भरिया सनम शाक्यको मृत्यु भएपछि गोरे फरार भएका हुन्।

सनमलाई यातना दिनुअघि गोरे अपहरणमा परेको छानबिन समितिको अनुसन्धानबाट खुलेको छ।

समिति स्रोतका अनुसार लुटिएको ३३ किलो सुनका मालिक मोहन अग्रवालले गोरेलाई अपहरण गरी यातना दिएका थिए।

तस्करीको सुन ल्याउन त्रिभुवन विमानस्थलमा सेटिङ मिलाउने जिम्मा गोरेको थियो। सुन कहाँ, कसलाई, कहिले दिने चाँजोपाँजो राप्रपा ९प्रजातान्त्रिक०का नेता भुजुङ गुरुङले मिलाउँथे।

विमानस्थल आइपुगेको सुन एयरलाइन्सका कर्मचारीले भजुङले भनेको ठाउँ ल्याइदिन्थे।

फागुन पहिलो साता आएको दुबईबाट आएको तस्करीको ३३ किलो लुटियो।

विमानस्थलबाट आएको सुन भुजुङले भनेको मान्छेलाई दिन थाई एयरका लोडर सानु बन अनामनगर पुगे। त्यो दिन भुजुङ सुन अरूलाई दिने पक्षमा थिएनन्। बरू आफै लिने योजनामा थिए। गोरेले पठाएका मानिसले सानुबाट सुन लुटे।

सुन लुटिएको खबर गोरे, भुजुङ हुँदै मोहन अग्रवालसम्म पुग्यो। ३३ किलो सुन अग्रवालले नै मगाएका थिए।

‘मलाई जसरी पनि सुन चाहिन्छ,’ भन्दै अग्रवालले सुन खोजी थाले।

‘सुन कसले लुटेको नखुलेपछि अग्रवालले गोरेलाई नै अपहरण गरी अज्ञात स्थलमा लगे र यातना दिन थाले,’ समिति स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्