| बुधबार, अशोज १०, २०८०

प्रेम विवाह बन्यो मृत्युको कारण

प्रेम विवाह बन्यो मृत्युको कारण

प्रेम विवाह घरपरिवारले अस्वीकार गरेपछि फेसबुकमा सुुसाइड नोट लेखेर अर्घाखाँचीका एक युवाले आत्महत्या गरेका छन्। सन्धिखर्क नगरपालिका ११ डिभर्ना जोगिमारेका एक युवाले आफ्नो प्रेम विवाह घर परिवारले अस्वीकृत गरेको भन्दै फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्।

डिभर्नाका २३ वर्षीय सम्राट भुसाल भन्ने नारायण प्रसाद भुसालले फेसबुकमा स्टाटस लेखेर सन्धिखर्क वडा नम्बर २ को त्रिवणी होटेलको कोठामा आत्महत्या गरेका हुन्। भुसालले त्रिवणी होटेलको दुई तल्लामाथि कोठामा आत्महत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको हो।

सन्धिखर्क नगरपलिका वाङ्ला आमडाँडाकी शुष्मा क्षत्रीलाई दुईहप्ता अगाडि प्रेम विवाह गरेका थिए। उनको प्रेम विवाहलाई घरपरिवारले अस्वीकृत गरेका थिए। भुसालले फेसबुकमा स्टाटस लेखेपछि आफ्नो केटी साथी शुष्मासँग झण्डै २५ मिनेट होटेलमा बसेका थिए। उक्त समयमा उनिहरुले फेसबुकमा लेखेको स्टाटस समेत हटाएका थिए। उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेर फेसबुकमा पोष्ट गरेका थिए।

होटेलमा उनले एक जना बस्ने भनेर आफ्नो नाम लेखाएका थिए। शुक्रबार बिहान अबेरसम्म बाहिर खाजा खान नआएपछि त्रिवणी होटेलका कर्मचारी हेर्न जाँदा झुन्डिएको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदिप डिसीका अनुसार उनका भिनाजुले फेसबुकमा स्टाटस लेखेको देखेर प्रहरीलाई समेत खबर गरेका थिए। भुसालले फेसबुकमा जिन्दगी जिउन धेरै गारो भएको जस्ता बिभिन्न खालका स्टाटस लेखेका थिए। उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेका थिए।

 

मानिसहरुमा आउने मानसिक तनाब, डिप्रेसन, नकारात्मक सोच, वातावरणिय तत्व, असफलता, उमेरगत रुपमा हुने शारिरिक विकास, मानिसले जन्मजात रुपमा लिएर आएको सम्बेग तथा उतेजनाको कारणले पनि आत्म हत्या गर्छन्। मानिसले सकारात्मक सोचको सट्टा नकारात्मक सोच लिदा पनि आत्महत्या गर्ने अबस्था सृजना हुन्छ 

इन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसालले आत्महत्या गर्नु अघि मानिसले केही न केही संकेत गर्ने गरेको बताउँछन्। ‘परिवार साथीभाईले त्यस्ता सकेंत बुझेर बचाउनतर्फ लाग्नुपर्छ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्