| शनिबार, बैशाख ८, २०८१

गोरखामा गाई काट्ने चार जनाविरुद्ध मुद्धा दर्ता

गोरखा : जिल्लाको अजिरकोट गाउँपालिका ४ बाट गाई काट्ने चार जनालाई पक्राउ गरी मुद्धा दर्ता गरिएको छ ।
स्थानीयको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीको टोलीले बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखालाई बुझाएको हो ।
पक्राउ परेका आइते सार्की, मंगले सार्की, बुधे सार्की र रामे सार्कीलाई बिहीबार मुद्धा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए । ‘चारै जना विरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान थालेका छौँ’ रिजालले भने ‘उनीहरुलाई (शुक्रबार) जिल्ला अदालत गोरखाबाट म्याद थप गरी गौबध ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढ्छ ।’ प्रहरीले चारै जनालाई एक वर्षको गाईको बाच्छी काटेर मासु भाग लगाउँदै गर्दा पक्राउ गरेको रिजालले जानकारी दिए । प्रदेश ३ की उपसभामुख राधिका तामाङले गाईको मासु काटेर खान पाउनु पर्ने भन्ने अभिब्यक्ति दिएर चर्चा भइरहेको बेलामा गोरखामा गाई काटिएको हो ।

 

http://daraundi.com

प्रतिक्रिया दिनुहोस्