| शुक्रबार, बैशाख २१, २०८१

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका—९ बसिरहेका ३८ वर्षीय जयतबहादुर राईलाई पक्राउ गरेको हो।

राईलाई बिहीबार साँझ काठमाडौं—९ तिलगंगामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

राईलाई शुक्रबार अदालत पेश गरिएकोमा कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको छ।

मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दामा उच्च अदालत पाटनको फैसलाले १० वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेकोमा सजाय बेरुजू रही उनी फरार थिए ।

प्रतिक्रिया दिनुहोस्