३३ किलो सुन काण्डका नाइके गोरे जहाज चढेर विराटनगर पुगे
दरौँदी ः ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई मंगलबार नै विराटनगर पुर्याइएको छ। उनलाई यति एयरलाइन्सको जहाज चढाएर विराटनगर पुर्याइएको हो। उनलाई आजै जिल्ला अदालत विराटनगरमा पेश गरिने प्रहरीले जनाएको छ।
अदालतमा पेश गरेपछि म्याद थपेर अनुसन्धान गरिने छ। पक्राउ परेको २४ घण्टा भित्रमा अदालतमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। अदालतले म्याद दिएको अवस्थामा थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ। विराटनगरमा प्रहरी निरीक्षक लक्ष्मी भण्डारीको टोलीले गोरेलाई अदालत तर्फ लगेको छ। प्रहरीले काठमाडौंबाट गोरेलाई पक्राउ गरेको जनाएको छ। तर गोरेलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएइको प्रहरीको गोप्य स्रोतहरु बताउँछन्। गोरेलाई एकरदुई दिन अघि नै पक्राउ गरेर आवश्यक सूचना लिएपछि मात्रै सार्वजनिक गरिएको आशंका समेत गरिएको छ।