| शनिबार, बैशाख ८, २०८१

बुंकोट डाडागाउका ९२ बर्षका वृद्धद्वारा आत्महत्या

गोरखामा ९२ बर्षका वृद्धले झुण्डिएर आत्महत्या गरेका छन् । शहीदलखन गाउँपालिका ७ डाँडागाउँका क्षेत्रनारायण श्रेष्ठले नाम्लोको पाँशो लगाएर झुण्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।


नाति र नातिनी बुहारीको लालनपालनमा रहेका उनको बुधबार बिहानै झुण्डिएको अबस्थामा शव भेटिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।


उनको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्