| बिहिबार, चैत्र १५, २०८०

चितवनमा बसको ठक्करबाट बालकको मृत्यु

भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो ।


बालकको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्