| बिहिबार, बैशाख ६, २०८१

गलवान उपत्यामा मारिएका चिनियाँ सहिदको अपमान गरेको भन्दै ट्राभल ब्लगरलाई ७ महिनाको जेल सजाय

भारतीय सेनासँग गलवान उपत्यका सीमा भिडन्तमा मारिएका चिनियाँ सहिदहरूको चिहानको छेउमा पोज दिने एक ट्राभल ब्लगरलाई शहीदहरूको प्रतिष्ठा र सम्मान हनन गरेको आरोपमा सात महिनाको जेल सजाय सुनाइएको छ।


उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको पिशान काउन्टीको स्थानीय अदालतले पनि उनलाई १० दिनभित्र मिडियामार्फत सार्वजनिक रूपमा माफी माग्न आदेश दिएको थियो।


सोशल मिडिया प्लेटफर्म टोउटियो न्युजमा सियासियान जयसन नामको प्रयोग गर्ने ब्लग बनाउने लि सिसियनलाई सात महिनाको जेल सजाय सुनाइएको हो । गलवान उपत्याकोका काराकोरम पर्वतमा अवस्थित कांगवाक्सी सहिद कब्रिस्तानमा पुगेका उनले सहिदहरुको अपमान गरेको भन्दै सजाय सुनाइएको हो।


उनले पहिलो पटक नाम कुँदिएको ढुङ्गामा पाइला राखेको आरोप लगाइएको छ। उनले गलवान उपत्यका सीमा झडपमा आफ्नो ज्यान बलिदान दिने चेन सियांग्रोङको चिहानको छेउमा अनुहारमा मुस्कान लिएर समाधिस्थलतर्फ पिस्तोल जस्तो इशारा गरेको तस्बिर सार्वजनिक भएपछि उनलाई कारबाही सुरु गरिएको हो।


यस्तो अनुपयुक्त व्यवहारले जनताको ध्यानाकर्षण गराएको र स्थानीय प्रहरीले गत जुलाई २२ मा पिशान काउन्टीमा स्थानीय जनताको प्रोक्युरेटोरेटसँग कानून बमोजिम छानबिनको लागि कदम चालेर मुद्दाको अनुसन्धान थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्