| आइतवार, माघ २७, २०८१

सुनसरीको श्रीपुरमा भीषण आगलागी, १५ घर जलेर नष्ट

सुनसरी : सुनसरीको कोसी गाउँपालिका-६ स्थित श्रीपुरमा आगलागी भएको छ। आइतबार मध्याह्नदेखि लागेको आगोले १५ घर जलेर नष्ट भएका छन्। घटनास्थलमा भारतीय र इनरुवाको  दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ।  दुई साताअघि पनि सुनसरीको बाहृक्षेत्र नगरपालिका ११ स्थित मधुवनको सरदार बस्तीमा भएको आगलागीले बस्ती नै सखाप भएको थियो। आगलागीमा ५० परिवारका ७० घर नष्ट भएका थिए।

प्रतिक्रिया दिनुहोस्