| बुधबार, अशोज १७, २०८०

गोरखामा तामाको तार चोरीको आरोपमा दुईजना पक्राउ

गोरखा नगरपालिका वडा नं १३ मझुवा देउराली स्थित गोरखकाली रबर उद्योग परिसर भित्रका प्रवेश गरी तामाको तार चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं ३ का २० वर्षीय राजकुमार मगर र सोही ठाउँका ३३ वर्षीय ज्ञानेन्द्र विश्वकर्मालाई बुधबार दिउसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी निरीक्षक शेखर खड्काले बताए ।

उद्योग परिसर भित्र प्रवेश गरी स्टोर कोठामा रहेको तामाको तार चोरीको गरेको अवस्थामा प्रहरी चौकी मझुवादेउराली गोरखाबाट खटिई गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट तामाको तार र तार काट्न प्रयोग गरेको फलामको खुर्पा बरामत गरिएको उनले जानकारी दिए । पक्राउ परेको दुईजनाविरुद्ध विहिबार चोरी कसूर शीर्षकमा मुद्धा दर्ता भएको छ ।

जिल्ला अदालत गोरखाबाट हिरासतमा राखेर म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्