| बिहिबार, मंसिर २१, २०८०

मनास्लु क्षेत्रमा यो बर्षको पहिलो पटक हिमपात, हेलिकोप्टरबाट पर्यटकको उद्धार


गोरखाको मनास्लु क्षेत्रमा मंगलबार पहिलो पटक हिउँ परेको छ । दिनभर बादल लागेर मौसम प्रतिकूल भएपछि सोमबार र मंगलबार हिउँ परेको चुमनुब्री गाउँपालिका १ सामागाउँका वीरबहादुर लामाले जानकारी दिए ।


‘यो यसबर्षको पहिलो हिमपात हो’, लामाले भने, ‘बिगतमा पनि फाट्टफुट्ट असोजमै हिउँ पथ्र्यो । यसबर्ष पनि असोजको अन्तिम दिन हिउँ परेको छ ।’ समुद्री सतहबाट ३८०० मिटर उचाइमा रहेको साम्दो र ३३०० मिटर उचाइमा रहेको सामागाउँमा हिउँ परेको हो ।


हिमपात भएपछि मनास्लु क्षेत्र भ्रमणमा गएका तीनजना पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । गोरखाको अन्तिम गाउँ साम्दो पुगेका आन्तरिक पर्यटकहरु कपिल घिमिरे, वसन्त घिमिरे र सुवोध अर्याल हिमपातपछि बिरामी परेकाले हेलिकोप्टरबाट उद्धार गरिएको सो क्षेत्रका सांसद राजेन्द्र बजगाईँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्