| आइतवार, माघ २७, २०८१

नुवाकोटको पासाङ ल्ह्यामु राजमार्गमा प्रेस कुकर बम, सवारी आवागमन बन्द

नुवाकोट । पासाङ ल्ह्यामु राजमार्ग अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ अमारेमा शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन बन्द भएको छ ।

शंकास्पद वस्तु भेटिएपछि घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्गको बिच सडकमा शंकास्पद वस्तु भेटिएपछि त्रिशुलीबाट काठमाडौँ आउने र काठमाडौँबाट त्रिशुली जाने सवारी बीचैमा रोकिएका छन ।

नेपाली सेनाको बम डिस्पोजल टोली बिदुरबाट बेलकोटका लागि आउँदै गरेको स्थानीय नारायणप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्लस्टिकले बेरिएको प्रेस कुकरमा बिजुलीको तार बाहिर निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्