| शनिबार, बैशाख ८, २०८१

क्रसर सञ्चालनमा प्रशासनकै दादागिरी

स्थानीय सरकार र प्रशासनको अनुमतिमा खोलामै क्रसर गाडिएको छ । सुनकोशी खोलामा गाडिएको क्रसर मापदण्ड विपरित छ ।

पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको सिमानामा पर्ने बरको बोटमा सुनकोशी खोलामै क्रसर शुरु गरिएको छ । जनप्रतिनिधि निर्वाचित भईसकेको अवस्थामा कानुन नबनेको र अधिकार स्थानीय सरकारलाई प्राप्त भईनसकेको संक्रमणकालिन फाईदा उठाउँदै खोलामै क्रसर शुरु गरिएको छ ।

जिल्ला समन्वय समितिले सुनकोशी, इन्द्रावती लगायतका विभिन्न क्षेत्रमा प्राकृतिक श्रोत दोहन भईरहेको गुनासो आएपछि गठन गरेको अनुगमन टोलीले उक्त क्रसर मापदण्ड विपरित सुनकोशी किनारमै शुरु गरेको फेला पारेको हो ।

‘सुनकोशी खोलाको वातावरणी मुल्यांकन भएको क्षेत्रको सामाग्री उत्खनन गर्ने गरी समानान्तर रोडा ढुंगा उद्योग शुरु गरेको फेला परेको छ’–जिल्ला समन्वय समिति काभ्रेमा उपप्रमुख मञ्जु गौतमले भनिन–‘उक्त उद्योगका बारेमा अनुसन्धान हुनेछ ।’

घरेलु तथा साना उद्योग कार्यालय मार्फत दर्ता भएको भनिएको समानान्तर उद्योगले खोलामै लाईसेन्स कसरी प्राप्त ग¥यो ? रहस्यको विषय बनेको छ । स्थानीयहरुले उक्त खोलामा क्रसरले प्राप्त गरेको लाईसेन्स डन, धन र गनका आधारमा भएकाले मापदण्ड विपरित हुँदा पनि प्राकृतिक श्रोतको उत्खनन भईरहेको बताईएको छ ।

जिल्ला विकास समितिले बोलपत्र आब्हान गर्दा ५७ /५७ लाखका बोलपत्र दर्ता नभएको भुल्लु ७ फलाँटेको सुनकोशी खोलाका दुई स्थानबाट बालुवा अबैद् रुपमा निकासी भईरहेको छ । जिल्ला विकास समितिले बोलपत्र आब्हान गर्दा नलागेका उक्त क्षेत्रबाट दैनिक बालुवा निकासी हुँदा पछिल्ला समय वडा कार्यालयले प्रति टिप एक हजार रुपैया लिने गरेको छ ।

ठेक्का लागेको अवस्थामा विक्री कर वापत १ हजार, निकासी कर वापत १ हजार, बाटो कर बापत ३ सय ५० र १३ प्रतिशत राजश्व कर वापत प्रति टिप १ हजार ५ सय रुपैया संकलन हुने गरेको थियो ।

जिल्ला विकास समितिले बोलपत्र आब्हान गर्दा ५७ /५७ लाखका बोलपत्र दर्ता नभएको भुल्लु ७ फलाँटेको सुनकोशी खोलाका दुई स्थानबाट बालुवा अबैद् रुपमा निकासी भईरहेको छ ।

त्यति धेरै राजश्व संकलन हुने अवस्थामा जिल्ला विकास समितिले पुनः मुल्यांकन गरी बोलपत्र आब्हान नगर्दा १ करोड १४ लाखको राजश्व त गुमेकै छ त्यो भन्दा धेरै प्राकृतिक श्रोतको दोहन मनलाग्दी रुपमा गरिएको छ । जिल्ला विकास समितिबाट जिल्ला समन्वय समिति भई जनप्रतिनिधि आउँदा समेत उक्त क्षेत्रको विषयमा ध्यान दिन नसक्दा इन्द्रावती र सुनकोशी खोलाबाट बालुवा चोरी निकासी हुने क्रम रोकिएको छैन ।

भुम्लु गाउँपालिका ६ कलाँतीमा रहेको सुनकोशी खोलाबाट दैनिक २० ट्रक भन्दा धेरै बालुवा चोरी निकासी भईरहेको छ । छिमेकी देश भारतका मजदुर राखी राति राति स्काभेटर प्रयोग गरेर उक्त स्थानको बालुवा चोरी भईरहेको छ । वातावरणीय मुल्यांकन समेत नगरेको उक्त क्षेत्रको बालुवा चोरी हुँदा समेत प्रशासन मौन छ । जनप्रतिनिधिहरुले उक्त क्षेत्रबाट प्रति ट्रक एक हजार रुपैया कर लिएर बालुवा पठाउने गरेको भए पनि कानुनी रुपमा उसले प्रकृया पु¥याएको छैन ।

बार्षिक प्राप्त हुने करोडौ राजश्व त गुमेकै छ त्यो भन्दा धेरै प्राकृतिक श्रोतको दोहनमा स्थानीय सरकार समेत समाहित भएको छ । पाँचखालको कोशिदेखा, तेमालको सरमथली, भुम्लुको दोलालघाट, मण्डनदेउपुरको इन्द्रावती लगायतका क्षेत्रमा पछिल्लो समयमा भएको प्राकृतिक श्रोतको दोहनमा जनप्रतिनिधि प्रशासनको असहयोगका कारण रमिते बन्न बाध्य भएका छन् । जनप्रतिनिधिले भुकम्प पीडितहरुका लागि एक हजार रुपैया राजश्व लिएर विक्री गरेको बालुवा २९ हजार रुपैयामा विक्री भईरहेको छ ।

भुम्लु गाउँपालिका र साँगाचोक गढी नगरपालिकाको सिमानामा अबैद्य रुपमा सिन्धुपाल्चोका क्रसरहरुले काभ्रेको सिमानामा स्काभेटर संचालन गरिरहेका छन् । ‘सिन्धुपाल्चोकका क्रसरहरुले उता सिमानामा गएको पानीको वहाव परिवर्तन गरी काभ्रे तर्फ पठाएर खोलामै स्काभेट राखेर सामाग्री उत्खनन गरिरहेका छन्’–स्थानीय दण्ड कुँवरले भने–‘त्यहि कामका लागि काभ्रेको तर्फबाट स्काभेटर खोलामा पुग्दा साँचो खोसिन्छ ।

काभ्रेमा प्रयोग गर्न नपाएको स्काभेटर सिन्धुपाल्चोकको क्रसरले प्रयोग गरिरहेको छ ।’ इन्द्रावती खोलामा सिन्धुपाल्चोक क्षेत्रका क्रसरहरुले दादागिरी देखाउँदै खोलामा स्काभेटर प्रयोग गर्दा सुनकोशी र इन्द्रावती धमिलो भएको छ । धमिलो खोलाका कारण खोलामा पाईने माछा मर्न थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा पर्ने प्राकृतिक श्रोतको दिनदहाडै दोहन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्