| शनिबार, बैशाख ८, २०८१

विदेशबाट फर्केर स्वदेशमा उद्यम गरेकाहरुलाई श्रम मन्त्रालयले सम्मान गर्ने

विदेशबाट फर्केर स्वदेशमा उद्यम गरेकाहरुलाई श्रम मन्त्रालयले सम्मान गर्ने

काठमाडौं, ७ वैशाख- वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई श्रम मन्त्रालयले सम्मान गर्न लागेको छ । त्यस्ता उद्यमीहरुको योगदानको कदर र स्वरोजगारीमा नेपाली नागरिकलाई प्रोत्साहन गर्ने उद्येश्यले श्रम मन्त्रालयले पुरस्कृत गर्ने कार्यक्रम रहेको मन्त्रालय श्रोतले बताएको छ ।

उक्त सम्मानका लागि विदेशमा काम गरी फर्किएर नेपालमा उद्यम गरी आर्थिक विकासमा योगदान गरिरहेका र यस अघि उक्त कार्यक्रम अन्तर्गत सम्मानित नभएका उद्यमीहरुलाई आवेदन दिन एक महिनाको समय छुट्याइएको छ ।

आवेदकहरुले विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७३ को अनुसूचि २ अनुसारको स्वीकृत ढाँचामा आवेदन भरी खामबन्दी गरी मन्त्रालयको मन्त्रालयमा वा फाराम भरी स्क्यान गरी यो इमेल ठेगानामा (foreignemp@mole.gov.np) यो सूचना प्रकाशित भएको मितिले तीस (३०) दिन भित्र दर्ता गर्न भनिएको छ । सुचना गत फागुन २० गते मन्त्रालयले प्रकाशित गरेको थियो । अब १० भित्र फारम भर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्