
शनिबार गोरखामा विद्युत आपूर्ती बन्द हुने
दरौँदी ः शनिबार गोरखामा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युत आपूर्ति वन्द हुने वारेको सूचना । शनिबार आँवु खैरेनी सव—स्टेशन देखि गोरखा सव—स्टेशन सम्म प्रसारण गरिएको ३३ के.भि. लाईन मुनि परेका रुखका हाँगा विगाँ काट्नु पर्ने भएकोले विहान ११ः०० वजे देखि दिउँसो ३ः०० वजे सम्म विद्युत आपूर्ति वन्द हुने नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाले जनाएको छ । प्राधिकरणले तीन बजे अगाडी नै काम सम्पन्न भए विद्युत पनि अगाडी नै सुरु हुने समेत जनाएको छ ।