| बुधबार, अशोज २३, २०८१

क्रस बोर्डर रेलवे सरकारको प्राथमिकतामा, ‘चिनियाँ लगानीकर्तालाई पूर्ण सुरक्षा’

क्रस बोर्डर रेलवे सरकारको प्राथमिकतामा, ‘चिनियाँ लगानीकर्तालाई पूर्ण सुरक्षा’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कनेक्टिभिटीसम्बन्धी पूर्वाधारसहित नेपाल चीनबीच क्रस बोर्डर रेलवे विकासलाई नेपाल सरकाले उच्च प्राथमिकतामा राखेको घोषणा गरेका छन् ।
६ दिने चीन भ्रमणमा रहेका मन्त्री ज्ञवालीले शुक्रबार सिचुआन प्राप्तको सिचुवान विश्वविद्यालयमा आयोजित नेपाल–चीन सम्बन्ध र ट्रान्स हिमालयन क्षेत्रको विकासको अवधारण विषय कार्यक्रमलाई सम्बोधन गर्दै सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘प्राचीनकालदेखिको सम्बन्धलाई समेत प्रगाढ बनाउनका लागि नेपाल–चीनको कनेक्टिभिटी र अन्तदेशीय रेलमार्गलाई सरकाले प्राथमिकतामा राखेको छ ।’
उनले दुई देशको भौगोलिक निकटतालाई आर्थिक विकासका कामले थप उचाइमा पु¥याउने बताए । उनले कृषिको आधुनिकीकरणका लागि चिनियाँ प्रविधि नेपालमा भिœयाउने विषयमा फोकस गरेका थिए । उनले चिनियाँ लगानीकर्तालाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
‘चीनको कृषि प्रविधिबाट नेपालमा उत्पादन र कृषकको आम्दानीमा बृद्धि हुने र युवाले रोजगारी पाउनेछन्,’ उनले भने, ‘नेपालमा कृषिका आधुनिक प्रविधिमा लगानी गर्नेअवसर छ ।’
परराष्ट्रमन्त्री ज्ञवालीले चीनले वेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई०बाट नेपालले फाइदा लिन सक्ने र दुई देशबीचको सांस्कृतिक तथा व्यापारिक आदानप्रदानले इतिहासलाई पुनः स्थापित गर्न सक्ने बताए ।चीनको शान्ति समृद्धि र सदासयता कायम गर्ने अभियानमा नेपालले काम गर्न पाउने गर्वको विषय भएको भन्द्र प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्