| सोमवार, अशोज ८, २०८०

लाइसेन्स

लाइसेन्स लिन अब नयाँ नियम

सरवारी चालक अनुमतिपत्र लिने व्यक्तिले अब अनिवार्य रूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने भएको छ। सुवारी दुर्घटना न्यूनीकरण गर्न र चालकलाई जिम्मेवारीबोध गराउने उद्देश्यले लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्य रूपमा कक्षा सञ्चालन गर्ने भएको हो।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लिने व्यक्तिले लिखित र ट्रयल पास गरेपछि लाइसेन्स लिने क्रममा आधा घण्टादेखि एक घण्टाको कक्षा लिनुपर्ने गृहकार्य अघि बढाएको छ। चालक अनुमतिपत्र लिइसकेपछि जिम्मेवारीबोध गराउन र सम्भावित सवारी दुर्घटनाबाट जोगाउने उद्देश्यका साथ आगामी आर्थिक वर्ष ०७५/ ७६ देखि चालकहरूले अनिवार्य कक्षा लिनुपर्ने प्रावधान लागू गर्न लागेको यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीराम अर्यालले बताए।

‘आधा घण्टादेखि एक घण्टासम्मको कक्षा सञ्चालन गर्दा ट्राफिक नियम, सडकको अवस्था र सवारी दुर्घटना हुन नदिन अपनाउनुपर्ने सावधानीको विषयमा जानकारी गराइनेछ’, अर्यालले भने। धेरै अनुत्तीर्ण भएपछि लिखित परीक्षा भने अलि खुकुलो बनाइएको छ। लाइसेन्स लिनका लागि लिखित परीक्षामा २० मध्ये १० प्रश्न मिलाए पास हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्