सिन्डिकेट विरुद्ध सरकार कडा बन्यो, बन्द हड्ताल निषेध
काठमाडौँः सरकारले अत्याश्यक सेवा क्षेत्रमा बन्द हड्ताल जस्ता जनजीवन प्रभावित गर्ने गतिविधिमाथि प्रतिबन्ध लगाएको छ ।
नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवा क्षेत्रमा बन्द हड्ताल निषेध गर्ने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।
‘यातायातसहितका क्षेत्रमा बन्द हड्ताल जस्ता गतिविधि निषेध गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ’, सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बासकोटाले भने, ‘अत्यावश्यक सेवा क्षेत्रमा हुने बन्द हड्ताल निषेध गरिएको सार्वजनिक सूचना राजपत्रमा प्रकाशित गर्ने र्णिय भएको छ ।’
सरकारले सिन्डिकेट तोडेपछि यातायात व्यवसायीले आमहड्तालसहितका कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा सरकारको यस्तो निर्णय आएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ नेपालसहितले यही वैशाख २० गतेबाट चरणबद्ध आन्दोलन र आमहड्तालमा गई गाडी ग्यारेजमा थन्क्याउने घोषणा गरेका थिए ।
केपी ओली नेतृत्वको सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका तीन सय भन्दा धेरै व्यवसायी संंघ र समिति खारेज गरी कम्पनी ऐनमा दर्ता अनिवार्य गरेपछि यातायात व्यवसायी आन्दोलनमा उत्रने तयारीमा छन् ।