| सोमवार, भदौ २४, २०८१

सिन्डिकेट

सिण्डिकेटको माग गर्दै बुटवलमा यातायात व्यवसायीले गाडी तेर्स्याए

१४ वैशाख– सिण्डिकेटको माग गर्दै यातायात व्यवसायीले बुटबलमा चक्का जाम गरेका छन् ।

कार्यालय समय पारेर यातायात व्यवसायीले सडकमा गाडी रोकेर जाम गरेका हुन् ।

व्यवसायीले गाडी रोकेपछि राजमार्ग चौराह, बुटवल वसपार्क लगातय मुख्य सडकमा अन्यसवारीको जाम रहेको छ । केही घन्टा सडकमा गाडी राखेका व्यवसायीले क्यू अनुसार नहिडेर स्वतन्त्र रुपमा गाडी चलाउने तयारी गरेका छन् ।

यातायात क्षेत्रमा व्यवसायीको सिन्डिकेट अन्त्य गर्न भन्दै त्यस सम्बन्धी कार्यविधि संसोधन गरि यातायात व्यवस्था विभागले नयाँ प्रावधान ल्याएको छ । मन्त्रिपरिषद्को बैठकले यातायात समितिलाई नविकरण नगर्ने निर्णय गरेको थियो ।

तर व्यवसायीहरूले भने सरकारले एकलौटी रुपमा निर्णय गरेको भन्दै त्यसलाई आफूहरुले नमान्ने धम्की दिँदै आएका छन् ।

नयाँ व्यवस्थाले वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने र नयाँ कम्पनीहरुलाई समेत प्रतिस्पर्धामा आउन बाटो खुल्ने सरकारी दाबी छ ।

प्रतिक्रिया दिनुहोस्