| शनिबार, बैशाख ८, २०८१

कतारमा काम गर्ने नेपाली कामदारको तलब बढ्ने

कतारमा काम गर्ने नेपाली कामदारको तलब बढ्ने

कतारले विदेशी कामदारहरुको सेवा सुविधा बढाउने भएको छ ।

कतार सन् २०१८ को अन्त्य सम्ममा आप्रवासी (विदेशी) कामदारहरुको न्यूनतम तलब भत्ता पुनरावलोकन गर्न सहमत भएको अन्तर्राष्ट्रिय व्यापार संघका सचिव ‘सरन बरोले बताइन् ।

सचिव बरोले कतारका श्रम मन्त्री‘इशा अल जुफाली अल नुआमीसँग दुई दिन अघिको भेटपछि उक्त भनाइ सार्वजनिक गरेकी थिइन् ।

हाल कतारमा विदेशी कामदारहरुको न्यूनतम तलब ७५० कतारी रियल छ । जीवनयापन खर्चको लागि यो तलब स्केल अत्यन्तै न्यून हो । प्रायः जसो रोजगारदाता कम्पनीहरुले खाने र बस्ने सुविधा उपलब्ध गराए पनि स्वास्थ्य र अन्य खर्चको लागि यो रकम अपूग भएको कुरा कतिपय अध्ययन र खोजहरुले बताउँछन् ।

कतारका श्रममन्त्रीले अघिल्लो वर्ष नै कामदारहरुको सेवा सुविधा पुनरावलोकन गर्ने प्रक्रियामा कतारको सरकार गैसकेको बताएका थिए । उक्त प्रक्रियाको त्यसको पहिलो चरणमा सबै श्रम सम्झौताहरु सरकारले प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री नुआमीले बताए । आप्रवासी कामदारहरु कतारको एउटा महत्वपूर्ण भाग रहेको बताउंँदै उनल श्रम सम्बन्धि धेरै सुधारहरु गर्दै जाने विषयमा कतार सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्