| सोमवार, अशोज १२, २०७७

नेपालमा जापानले १.५ किमी सुरुङ मार्ग बनाइदिने

नेपालमा जापानले १.५ किमी सुरुङ मार्ग बनाइदिने

अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि यही मे महिनामा ऋण सम्झौता हुने भएको छ ।

सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीचमा सम्झौता गर्ने तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । उनले मेमा जापानी टोली ऋण सम्झौताका लागि नेपाल आउने समेत बताए ।

नेपाल र जापानबीचमा मे मा हुन लागेको द्विपक्षीय बैठकले सुरुङमार्ग र सडक विस्तार सम्बन्धी निर्णय लिने बताइएको छ । महाशाखाका अनुसार मे अन्तिम साता जापानी टोली नेपाल आउनेछन् । महाशाखा प्रमुख श्रेष्ठले ऋण सम्झौता भएपछि निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्