
तरकारीमा बिचौलियाको बिगबिगी, खान्छन् ३०० प्रतिशतसम्म नाफा
रकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ। किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ।
किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालेका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ। काभ्रेको किसानले २० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरेको काँक्रो काठमाडौंका उपभोक्ताले ६० रुपैयाँ प्रतिकेजीका दरले खरिद गर्ने गरेका छन्। किसानदेखि उपभोक्ताबीचको यो मूल्यान्तर २०० प्रतिशत हो। त्यस्तै, १० रुपैयाँ प्रतिकेजी बिक्री गरेको मुला ६० रुपैयाँका दरले खरिद गर्ने गरिरहेका छन्। किसानदेखि उपभोक्तासम्म पुग्दा मुलको मूल्यमा पाँच सय प्रतिशत अन्तर देखिन्छ। राजधानी दैनिक