| बिहिबार, अशोज ८, २०७७

घ्याल्चोक सिउरेनीटारबाट बाणिज्य बैंकको सेवा सुरु

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित घ्याल्चोकको सिउरेनीटारबाट बाणिज्य बैंकले सेवा सुरु गरेको छ । आईतवारदेखि एक्स्टेन्सन काउन्टर राखेर सेवा सुरु गरिएको बाणिज्य बैंक गोरखा शाखाका प्रबन्धक कपिल कार्कीले बताए ।

‘बूढीगण्डकी आयोजना प्रभावित, गण्डकी गाउँपालिका र आसपासका सर्वसाधारणलाई सहज सेवा दिन सिउरेनीटारमा एक्सटेन्सन काउन्टर राखिएको हो’ उनले भने । त्यहाँबाट ऋण लगानी र एटिएम बाहेकका सबै सेवा सुचारु भएको उनले बताए ।

खाता खोल्ने, रकम झिक्ने, जम्मा गर्ने सबै सेवा रहेको बैंकले जनाएको छ । यो सँगै बाणिज्य बैंक गोरखा शाखा अन्र्तगतको एक्सटेन्सन काउन्टर २ वटा, विएलवी २ वटा, गोरखा सदरमुकाम, अजिरकोट गाउँपालिकाको भच्चेक र आरुघाट बजार सहित तीन ठाउँमा शाखा कार्यालय संचालनमा छ । ‘ग्राहकलाई नजिकबाट सेवा दिने गरी बिस्तार गरेका हौँ’ प्रबन्धक कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस्