| सोमवार, कार्तिक १०, २०७७

तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण शुरु

क सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो ।

प्रशारण लाइन निर्माणका लागि शुक्रबार शुरुको टावरको जग खनेर कार्य शुरुवात गरिएको तनहुँ जलविद्युत आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले बताए ।
घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनिएको र अब कामलाई तीव्रता दिने घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ ।

प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । घिमिरेका अनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक टावरहरु भारतीय सीमानामा आइसकेको छ । हिउँद समय शुरु भएकाले काम गर्न सहज हुने विश्वास लिइएको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्