| शनिबार, कार्तिक ८, २०७७

गोरखा बजारका मसला, सुन र फेन्सी पसलको अनुगमन


दशैँ, तिहारलगायतका ठूला चाडबाड नजिकिँदै गर्दा गोरखा नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । बिहिवार सदरमुकामको हरमटारीचोकदेखि बसापर्कसम्मको मूख्य बजार क्षेत्रका सुन, फेन्सी र मसला पसलको अनुगमन गरिएको प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईले बताए ।

‘अधिकांश सुन पसल नगरपालिकामा दर्ता भएको रहेनछ’, उनले भने, ‘दर्ता नहुँदा राजस्व गुमेको थियो । अब एकहप्ताभित्र दर्ता गर्न भनेका छौँ ।’ मसला पसलहरुमा ३० प्रतिशत भन्दाबढि नाफा राखेर बिक्री गर्ने गरिएको भेटिएपछि अझै सहुलियतमा बिक्री गर्न अनुरोध गरिएको उनले बताए ।

नियमित अनुगमनपछि गोरखा बजारका अधिकांश पसलहरुमा मूल्य सूची रहेको, सडे गलेका सामान नभएको र पहिले भन्दा सुधार भएको भेटिएको अनुगमन टोलीले जनाएको छ ।

२३ वटा पसलको बिहिवार अनुगमन गरिएको प्रशासकीय अधिकृत अम्गाईले बताए । अधिकांश सुन पसलेले नगरपालिकामा पनि दर्ता गर्नुपर्छ भन्ने जानकारी नभएकाले दर्ता नगरिएको प्रतिक्रिया दिए । दशैँमा उपभोक्ता नठगिउन् र उपभोक्ता पनि सचेत होउन् भन्ने ध्येयले बजार अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।

((

प्रतिक्रिया दिनुहोस्