| शनिबार, कार्तिक ८, २०७७

बारपाक सुलीकोट गापाका दुई विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान


सिङ्ला नेपाल नामक सामाजिक संस्थासंगको समन्वयमा हिमालयन यात्राले बारपाक सुलीकोट गाउँपालिकाका दुई विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।


बारपाक सुलीकोट गाउँपालिका वडा नं. २ पोखरीको कन्यादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि २१० थान एननाइन्टीफाइभ मास्क वितरण गरेको छ । साथै सोही विद्यालयका लागि २१० थान साबुन पनि वितरण गरेको छ ।


त्यसैगरी सोही गाउँपालिका वडा नं. ४ तुक्राङको थानी आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि ७५ थान एन नाइन्टीफाइभ मास्क र ७५ थान साबुन वितरण गरेको हिमालयन यात्राका सुकबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्