| शनिबार, कार्तिक ८, २०७७

बहराइनका राजकुमारद्वारा मनास्लु हिमालको सफल आरोहण

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । ८,१६३ मिटर अग्लो मनासलु हिमाल बिहिबार बिहान ६ : १० बजे सफल आरोहण गरेका सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्वा शेर्पाले जानकारी दिए ।


उनीसंगै बहराइनका शाही परिबार, सुरक्षा टोली र गाइड, शेर्पागरी

५० जनाभन्दा धेरै जनाले सो हिमाल आरोहण गरेका शेर्पाले जानकारी दिए ।


टिमको नेतृत्व विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका दक्षिण एशियाका पहिलो आरोही मिङ्मा शेर्पा र १४ वटै हिमाल आरोहण गरेका छाङ दावा शेर्पा र अक्सिजनबिना सगरमाथा चढ्ने सबैभन्दा कान्छा आरोही टासी लाक्पा शेर्पाले गरिरहेका थिए् । सो टिममा २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामी रिता शेर्पा गाइडको भूमिकामा थिए ।


राजकुमारको टोली गत असोज २० गते मनास्लु आरोहणका लागि गोरखाको सामागाउँ पुगेका थिए ।
राजकुमारको आरोहणको बन्दोबस्त सेभेनसम्मीट ट्रेक्स प्रालिले मिलाएको थियो ।


सामागाउँ पुगेका राजकुमार सेख मोहम्मदसहितको टोलीलाई वडाका जनप्रतिनिधि, स्थानीय आमा समूह, सांस्कृतिक समूह, गौरीशंकर आधारभूत विद्यालय लगायतका टोलीले बाजाजागासहित स्वागत गरेका थिए । साथै स्थानीय भेषभुषा(छुवा) लगाएर सजाएका थिए ।


साथै बहराइनका शाही परिबारको पहिलो भ्रमणको अवसरमा सामागाउँका बासिन्दाले पाँच हजार मिटर भन्दा अग्लो हुसुरडाँडालाई रोयल बहराइन पिक भनेर नामाकरण गरेका थिए ।

पहिलो पल्ट नेपाल आएको र अब नेपालको र बहराइनको सम्बन्ध भविष्यमा धेरै राम्रो हुने विश्वास पनि राजकुमारले व्यक्त गरेको वडाअध्यक्ष वीरबहादुर लामाले बताए । साथै सामागाउँलाई सँधै दुख, सुखमा साथ र सहयोग गर्ने प्रतिवद्धता पनि राजकुमारले व्यक्त गरेका लामाले बताए ।


ट्रेकिङ कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाले सामागाउँ र ल्होका बासिन्दामा कोभिड १९ बाट कुनै समस्या भएमा निशुल्क रुपमा अस्पताल पु¥याउन हेलिकोप्टर सेवा दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।


त्यसअघि राजकुमारको टोलीले असोज १७ गते सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्