| बिहिबार, मंसिर ११, २०७७

हर्मेटिक ब्याग : बिउ बिजन तथा खाद्यान्न भण्डारण प्रविधि

सुजित कुमाल
नेपाल एक कृषि प्रधान देश हो र यसको कुल जनसङ्ख्याको दुई तिहाई कृषिमा आबद्ध रहेका छन । नेपालको अर्थतन्त्रमा कृषिक्षेत्र आधारशिलाको रुपमा रहेको छ । वर्तमान समयमा देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा खडा भएको कृषि क्षेत्र परिपक्क नभएको अवस्था छ ।

रसायनिक मलको अभाब , सिचाईको असुविधा , प्रविधिक ज्ञानको अभाव , जस्ता विभिन्न समस्या र त्रुटिले गर्दा कृषि क्षेत्रमा भने जत्तिको विकास नभएको र हुनुपर्ने जति उत्पादन भएको छैन । यस्ता दर्जनौँ समस्या मध्ये गुणस्तर बिउविजको अभावपनि एक मुख्य समस्याहो जसले गर्दा अपेक्षित उत्पादन हासिल भएको छैन । तर्सथ, बिउ विजनको गुणस्तर कायम राख्नु अत्यावश्यक छ ।
कृषिमा बाली रोप्ने कार्य देखिन् लिएर भण्डारण गर्ने चरणसम्म महत्वपूणर् हुन्छ । बाली उत्पादन गरेर मात्र पुग्दैन, खाद्यान्नको उचित भण्डारण गर्नु पनि आवश्यक छ । निर्वाहमुखी कृषि प्रणाली रहेको हाम्रो देशमा बहुशङ्ख्यक मानिसहरु कृषिमा आत्मनिर्भर छन् र खाद्यान्न बालीनाली भण्डारणका लागि सुरक्षित प्रविधिको अवलम्बन नगरेको देख्न सकिन्छ । बिउविजन तथा खाद्यान्न भण्डारण गर्ने हाम्रो परम्परागत शैलीलाई अध्ययन गर्ने हो भने, अवैज्ञानिक तरिका अवलम्बन गरेको भेटिन्छ, जसको कारण बिउको गुणस्तर घट्छ । अन्ततकुल कृषि उत्पादनमै कमी आउछ । कृषकहरुले माटोको घैटो, मलको बोरा, जुटको बोरा, जस्ता सामाग्री भण्डारणको लागि प्रयोग गरेको पाइन्छ । अब्यवस्थित तरिकाले बाली भण्डारण गर्दा देखिने प्रमुख समस्याहरु ढुसीको सङ्क्रमण हुने,अक्सीकरण हुने, सुगन्धमा कमी आउने, मुसा र चराहरुबाट नोक्सान हुने इत्यादि हुन । कृषि अनुसन्धान केन्द्र र कृषक बिचको दुरी एकदमै फराकिलो पाइन्छ जसका कारण अनुसन्धान केन्द्रबाट सिफारीस भएका प्रविधिहरु कृषक द्धारा नअपनाईएको भेटिन्छ । अहिले बजारमा बिउबिजन तथा खद्यान्न भण्डारण गर्ने थुप्रै ब्राण्डका प्लास्टिकका हर्मेटिक (हावा नछिर्ने) ब्यागहरु उपलब्ध छन् । जस्तै सुपर ग्रेन ब्याग, पिक्स ब्याग , स्टोरेजो ग्रेन ब्याग, सेभ ग्रेन ब्याग ।

बजारमा थुप्रै विभिन्न ब्रान्डका प्लास्टिकका ब्याग र थैलो बाहिरी कभर सहित उपलब्ध छन् । यस थैलो भित्र अक्सिजन हावाको अभाब हुने भएकोले ढुसी तथा किराको वृद्धि हुन पाउँदैन र भएका किराहरुपनि मर्दछन् । यस हर्मेटिक ब्यागमा खद्यान्न तथा फलफूल बालीका बिउबिजन जस्तै धान, मकै, सिमी, बोडी, मास, मसुरो, चामल, गाईभैसीँ, कुखुरा, माछाको सुख्खा दाना तथा मकै, गहुँ, जौ आदिको पिठो जस्ता सामाग्री भण्डारण गर्न सकिन्छ । यस हर्मेटिकब्यागको प्रयोगबाट हुनेफईदाहरु यसप्रकार छन । खाद्यान्न तथा बिउ बिजनको गुणस्तर नबिग्रने, सुख्खायाममा तौल घटबढ नहुने, भण्डारण गरेको बस्तुको सुगन्ध नबिग्रने, बिउको उच्च उमार शक्तिलाई कायम राख्ने, किरा, जिवणुबाट जोगाउन खतरनाक बिषदीको प्रयोग गर्न नपर्ने, न्यूनतम अक्सीकरण हुने, लामो समयसम्म ९१४ महिना भण्डारण गरि राख्न सकिन्छ । बिउ भण्डारणमा असर पार्ने तत्वहरु
जैविकतत्व ः जैविक कारक तत्वहरु जस्तै किरा, ढुसी, मुसा, लोखर्के, दुम्सी, बिउको आनुवंशिक गुण, सुरुको बिउको उत्पादन हुने स्थान, बिउको चिस्यान आदि । अजैविक तत्व ः तापक्रम सापेक्षित आद्र्रता, भण्डार कक्षको सरसफाई, परिवर्तित बायुमण्डलीय अबस्था , बिउ भण्डारण गर्ने सामाग्री आदि । बिउको आनुवंशिक गुण: बिउमा रहेको आनुवंशिक बनावटको कारणले प्राकृतिक रुपले नै बिउको भण्डारण क्षमता फरक पार्दछ ।

अर्थोडक्स बिउ जस्तै, धान, मकै, गहुँको बिउहरु जसको जिवितपना कम चिस्यानहुँदा बढ्दै जान्छ । रिक्याल्सीटे्रन्ट बिउ जस्तै आपँ, लिची, चिया, कफी, आदिका बिउ जसको जीबितपना कम चिस्यानहँुदा घट्दै जान्छ । केहीबिउको औसत आयुयसप्रकार रहेका छन् प्याजः १वर्ष भिन्डी, खुर्सानी : २ वर्ष ब्रोकाउली, केराउ , सिमी : ३ वर्ष बन्दा, काउली, तोरी, टमाटर, भन्टा, फर्सी, सलगम : ४ वर्ष काक्रो, तरबुजा, गहुँ : ५ वर्ष धान, मकै, लट्टे : ६ वर्ष नेपालको अर्थतन्त्रको दरिलो आधार भनेको कृषिक्षेत्र हो ।

आधुनिक कृषि प्रविधिलाई कृषको आँगन सम्म पुर्‍याएर पारम्परागत कृषि प्रणलीलाई फेरबदल गर्नुपर्छ ।
जय कृषि ।

प्रतिक्रिया दिनुहोस्