| बिहिबार, मंसिर ११, २०७७

स्वास्थ्य मापदण्ड बनाएर चिडियाखाना खोलिँदै

 गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा.चिरञ्जिवीप्रसाद पोखरेलले जानकारी दिए ।

पोखरेलले भने, “कोरोनाभाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएको हो, अबको केही दिनमा खोलिन्छ ,त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ ।” मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेड घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता  मापदण्ड तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्