| बिहिबार, माघ १५, २०७७

गोरखा क्षेत्र नं. १ मा सांसद अधिकारी द्वारा ३० योजनालाई बजेट बाँडफाँट


गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत ३० वटा योजना बनाई बजेट बाँडफाँट गरेका छन् । मंगलबार सम्पन्न निर्देशक समितिको बैठकले बिभिन्न सातवटा पालिकाभित्रका ३० योजनाका लागि चार करोड रुपैयाँ बिनियोजन गरेको सांसद अधिकारीका स्वकीय सचिव अकुर तिमिल्सिनाले जानकारी दिए ।
सांसद अधिकारी अध्यक्ष रहेको सो बैठकले कोभिड व्यवस्थापनका लागि २५ लाख ४० हजार, गोरखा क्याम्पस कम्पाउण्ड निर्माणका लागि १० लाख, गोनपा १ को दिव्यज्योति नेपाल युवाक्लव भवन निर्माणका लागि १२ लाख गरी गोरखा नगरपालिकामा जम्मा ४७ लाख ४० हजार रुपैयाँ बिनियोजन गरेका छन् ।


त्यस्तै शहीद लखन गाउँपालिका ९ को राधाकृष्ण मन्दिर मर्मतका लागि १० लाख रुपैयाँ, वडा नं. १ को महेन्द्रशक्ति माविको कम्पाउण्ड निर्माणका लागि १२ लाख, वडा नं. ७ को भँगार खेलकुद मैदान निर्माणका लागि १० लाख, वडा नं. ४ ताक्लुङमा वडास्तरीय खेलमैदान निर्माणका लागि १० लाख, वडा नं. २ ढाँडबारीमा खेलमैदान निर्माणका लागि १४ लाख, वडा नं. ८ मैलुङको दलित सामुदायिक भवन निर्माणका लागि १० लाख गरी सहीद लखन गाउँपालिकामा जम्मा ६६ लाख रुपैयाँ बिनियोजन गरेका छन् ।


त्यस्तै गण्डकी गाउँपालिका ५ खाल्थोकमा स्मरण युवाक्लवको भवन निर्माणका लागि १२ लाख, वडा नं. २ दलभञ्ज्याङको वुद्धस्मृति युवाक्लवको भवन निर्माणका लागि १२ लाख, वडा नं. ३ फुजेलको भैरवाश्रम माविको कम्पाउण्ड निर्माणका लागि १० लाख, वडा नं. ६ र ७ को ज्यामिरघाट, कौदी हुदै फिस्लिङ सडक स्तरोन्नतिका लागि १५ लाख, वडा नं. ८ नयाँगाउँमा खेलकुद मैदान निर्माणका लागि १० लाख गरी गण्डकी गाउँपालिकामा ५९ लाख रुपैयाँ बिनियोजन गरेका छन् ।


त्यस्तै भीमसेनथापा गाउँपालिका ६ अश्राङको नवजागृतिचण्डी माविको कम्पाउण्ड निर्माणका लागि १३ लाख, वडा नं. ७ र ८ सिमलटार, घाटबेशी हुदै महादेवटार सडकको कल्भर्ट निर्माणका लागि १२ लाख, वडा नं. ४ धावाको प्रभात माविको भवन निर्माणका लागि १५ लाख, वडा नं. ५ बगुवा लामाचौरबाट वडा कार्यालय जाने बाटो ढलानका लागि १५ लाख गरी जम्मा ५५ लाख रुपैयाँ बिनियोजन गरेका छन् ।

त्यस्तै आरुघाट गाउँपालिका वडा नं. ९ को भीमोदय क्याम्पसमा टेवापर्खाल निर्माणका लागि १५ लाख, वडा नं. १ मान्बुको द रियल युवाक्लवको खेलमैदान निर्माणका लागि १५ लाख, वडा नं. ८ आरुपोखरीमा शहीदस्मृति भवन निर्माणका लागि १२ लाख, वडा नं. ५ आर्खेत, वयाक, भोगटेनी, चिसापानी सडक स्तरोन्नतीका लागि १५ लाख गरी आरुघाट गाउँपालिकाका लागि ५७ लाख रुपैयाँको बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै धार्चे गाउँपालिका ५ गुम्दाको धार्चे आमासमूह भवन निर्माणका लागि २५ लाख, वडा नं. ६ काशिगाउँको मञ्जुश्री माविको घेराबारका लागि १० लाख, वडा नं. २ केरौंजामा केरौंजा युवाक्लवको भवन निर्माणका लागि १२ लाख, वडा नं. ३ दुङ्ला सडक निर्माणका लागि १० लाख, वडा नं. १ हुलचुकमा गोरेटो निर्माणका लागि १० लाख गरी धार्चेमा जम्मा ६७ लाख रुपैयाँ बिनियोजन गरेका छन् ।

त्यस्तै चुमनुब्री गाउँपालिका ४ मा स्याउखेती, घेराबार र हेलिप्याड निर्माणका लागि २० लाख, वडा नं. ३ जगतमा आमोस कृषिफर्म प्रवद्र्धनका लागि १५ लाख, वडा नं. ७ छुलेखोला पहिरो नियन्त्रणका लागि १० लाख गरी चुमनुब्री गाउँपालिकामा जम्मा ४५ लाख रुपैयाँको बजेट बाँडफाँड गरेका छन् । साझेदारी कार्यक्रम भएकाले स्थानीय तहले पनि ५० प्रतिशत रकम व्यहोर्नु पर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्