तीन महिनामा सगरमाथाले ४१ करोड कमायो
यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालहरुबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रुपैंया रोयल्टी संकलन भएको छ। त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गर्न सकेको छ।
सगरमाथाबाट ३६ करोड १४ लाख ९८ हजार ३ सय १२ रुपियाँ रोयल्टी संकलन भएको जानकारी विभागका निर्देशक रामप्रसाद सापकोटाले जानकारी दिए। त्यसमध्ये नेपाली आरोहीबाट १५ लाख र विदेशीबाट ३५ करोड ९९ लाख ९८ हजार तीन सय १२ रोयल्टी संकलन भएको हो।