भारतबाट १८ खर्बको बिजुली आयात, सरकार भन्छ– अब सातै प्रदेशमा जलविद्युत् ‘मेगा प्रोजेक्ट’
काठमाडौं : स्वदेशमा उत्पादित बिजुलीले मुलुक उज्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ। यो तथ्यांकअनुसार मासिक एक अर्ब करोडको बिजुली आयात भएको आजको नागरिक दैनिकले लेखेको छ। चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी रहेको सन्दर्भमा चालू आर्थिक वर्षमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजुली आयात हुने देखिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकाीले जनाए। यस्तै आजको राजधानी दैनिकले ‘सातै प्रदेशमा जलविद्युत् मेगा प्रोजेक्ट’ शीर्षकमा लेखेको छ, ‘सरकारले सातवटै प्रदेशमा मेगा प्रोजेक्ट बनाउने भएको छ।’ आफूलाई भेट्न आएका प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँगको भेटमा ऊर्जामन्त्री वर्षमान पुनले सातवटै प्रदेशमा मेगा प्रोजेक्ट बनाउने सरकारको योजनाअनुसार पश्चिम सेती योजना अघि बढाउने बताएका हुन्।