| शुक्रबार, बैशाख ७, २०८१

एक लाख म्यादी प्रहरी भर्नाको तयारी

नेपाल प्रहरीले आगामी बैशाखमा गर्ने घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने गरी तयारी गरेको छ । प्रहरीले आगामी १७ र २७ बैशाखमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब १ लाख म्यादी प्रहरीको भर्ना आहवानको तयारी गरिरहेको हो । 

पाल प्रहरी उच्च स्रोतका अनुसार आगामी निर्वाचनका लागि ९९ हजारमा केही संख्या थप हुने गरी म्यादी प्रहरी आवश्यक पर्ने निश्कर्ष सहित भर्नाको तयारी भइरहेको छ । प्रहरीले सकेसम्म संसद विघटनको मुद्दालाई सर्वोच्च अदालतले टुंगो लगाएपछि मात्रै भर्ना आहवान गर्ने गरी छलफल गरिरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले फागुनको १५ देखि २० गतेसम्ममा भर्ना गर्ने गरी तयारी भइरहेको जानकारी दिए । 
‘निर्वाचनको पचास दिन अघिसम्म भर्ना गर्दा पनि तालिम दिएर निर्वाचनका लागि म्यादी प्रहरीलाई तयार बनाउन सकिन्छ, त्यसकारण फागुनको १५ देखि २० गतेसम्मा भर्ना आहवान गर्ने गरी तयारी भइरहेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता कुँवरले भने । 

प्रतिक्रिया दिनुहोस्