| बिहिबार, फाल्गुन २०, २०७७

कर्मफ्लाईटस्ले बारपाक सुलिकोटमा दियो १८ घरधुरीलाई एकघर एकधारा सेवा

पोखरा तथा विश्वव्यापी प्याराग्लाइीडङ पाइलटहरुको सामाजिक संस्था कर्मफ्लाईटस् फाउन्डेशन नेपाल, पोखरा कास्कीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ३, स्तूलफाँट नयाँ बस्तीका १८ घरधुरी र एक विद्यालयलाई लक्षित गरी एक घर एक धारा परियोजना सम्पन्न गरेको छ ।


सो परियोजनाको सोमबार बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट तथा उपाध्यक्ष सनमाया गुरुङसहितको टोलीको उपस्थितिमा उद्घाटन तथा हस्तान्तरण भएको स्तूलफाँट नयाँबस्ती खानेपानी उपभोतmा समितिका सचिव अर्जुन कुमार गुरुङले बताए ।


उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष विष्णु भट्टले दुईवर्षभित्र सवै वडामा एक घर एक धारा बनाउने गाउँपालिकाको अभियानलाई सफल बनाउन कर्मफ्लाईटस्ले योगदान दिएको बताए ।

गाउँपालिका, स्थानीय उपभोतmा समिति र कर्मफ्लाईटस् संस्थाको बिचमा गतवर्ष चैत २० गते एक घर एक धारा परियोजनाको त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार गत आर्थिक वर्षभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कोरोना कहरको कारणले परियोजना गत कार्तिकबाट मात्र सुरु भएको थियो ।


तर ढिला सुरु भएपनि निर्धारित समयभन्दा अघि नै पौष १६ भित्रै सम्पूणर् काम सम्पन्न भई एक विद्यालय सहित १८ घरधुरीका उपभोक्ताले एक घर एक धारा खानेपानी तथा सरसफाईको सुविधा लिइरहेका परियोजनाका वरिष्ठ प्राविधिक राधाकृष्ण कोइरालाले बताए ।


कर्मफ्लाईटस् फाउन्डेशन नेपाल पोखरा कास्की र जर्मनी स्थित टुएइड संस्थाको आर्थिक सहकार्य तथा स्थानिय उपभोतmा समितिको सक्रिय सहभागिता एवं जनश्रमदानमा सम्पन्न परियोजना सहकार्यको राम्रो नमुना भएको र यस परियोजनाले दक्ष जनशतिmको लागि शिप हस्तारन्तरण गर्नुको साथै स्थानिय उपभोतmा मार्फत रु ३ लाख ५० हजार रुपैँया बरावरको रकम समुदायमा भित्रिएको परियोजनाका सल्लाहकार दुर्गामान गुरुङले बताए ।


परियोजनाको कुल लागत रु २० लाख १७ हजार १ सय एकाउन्न भएकोमा स्थानिय उपभोक्तmाद्धारा ४ लाख ५३ हजार र बाँकी आर्थिक तथा प्राविधिक रुपमा रु १५ लाख ६४ हजार १ सय ५१ रुपैँया संस्थाबाट योगदान भएको कर्मफ्लाईटस् फाउन्डेशनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले जानकारी दिए ।

सोहि अवसरमा कर्मफ्लाईटस् संस्थाद्वारा स्तूल आधारभुत विद्यालयमा एकलाख ८० हजार रुपैँया लागतमा २० थान डेस्क वेञ्च पनि हस्तान्तरण गरिएकोे विद्यालयका प्रअ लोकराज भण्डारीले बताए । साथै सोहि वडाको उलाजुङ आ.वि ठोट्नेरीमा घेरावारको लागि बाँकी काम सम्पन्न गर्नको लागि रु ५० हजार रुपैँया पनि संस्थाद्वारा प्रअ निल कुमारी सेन्चुरीलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्