| बुधबार, फाल्गुन १९, २०७७

देश जोगाउने जिम्मा कांग्रेसमा आयो : केन्द्रिय सदस्य पाण्डे

नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले देशलाई जोगाउने अभिभारा फेरी नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् ।

नेपाली काँग्रेस बारपाक सुलिकोट गाउँपालिकाले वडा नम्बर ६ डाँडागाउँमा गरेको बिरोध सभामा बोल्दै उनले प्राप्त उपलब्धीको रक्षा गर्दै संबिधान जोगाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए । नेपालको इतिहासमा ठूला राजनितिक परिवर्तन काँग्रेसकै नेतृत्वमा भएको भन्दै राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका पूर्व नेता समेत रहेका पाण्डे अहिले पनि त्यहीँ अबस्था आएको दावी गरे । नेपालका कम्युनिष्टहरुले सधै देशलाई अफ्ठेरोमा लाने गरेको भन्दै उहाँले अहिले पनि नेकपाको आन्तरिक सर्घषले फेरी मुलक संकटमा परेको बताए ।

अहिलेको जनादेशको सम्मान गर्दै नेकपाका जुनसुकै गुटले बोलाए पनि काँग्रेस सत्ताका लागि लालायित नभएको उनको भनाई छ । प्रतिनिधि सभा विघटनको विषय अहिले सर्वोच्च अदालतमा बिचाराधिन रहेकाले अदालतको फैसला अनुसार नै काँग्रेसले आफ्नो रणनीति तय गर्ने बताए । नेपाली काँग्रेस बारपाक सुलिकोट गाउँपालिका सभापती निर्मल धितालको अध्यक्षतमा भएको कार्यक्रममा राष्ट्रिय मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, जनजाती महासंघका अध्यक्ष जगत बराम, महाधिवेसन प्रतिनिधि ओम गुरुङ, क्षेत्रिय सचिव मानप्रसाद धिताल, जिल्ला सदस्य सिपी पोखरेल, महिला संघकी जिल्ला सहसचिव सपना पुन लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्