| बिहिबार, फाल्गुन २०, २०७७

सिर्जनशील आमा समूहलाई सांसद दवाडीको सहयोग


बारपाक सुलीकोट गाउँपालिका वडा नं. ४ गुरुङ गाउँको एक आमा समूहलाई प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आर्थिक सहयोग प्रदान गरेका छन् । स्थानीय सिर्जनशील तमु समाज आमा समूहलाई गाउँमा सम्पन्न एक समारोहका बीच सांसद दवाडीले पच्चीस हजार रुपैयाँ प्रदान गरेका हुन् ।


समूहले निर्माण गर्दै गरेको सामुदायिक भवनका लागि आर्थिक अभाव भएकाले सहयोग माग भएपछि सो रकम सहयोग गरेको सांसद दवाडीले जानकारी दिए ।


सांसद दवाडीले आफू सांसद भएबापत राज्यबाट पाउने सेवा सुविधाबापतको रकम आफ्नै निर्वाचन क्षेत्रमा विभिन्न सामाजिक काममा प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्