| शनिबार, बैशाख ८, २०८१

गोरखामा राजमार्ग छेउमा जंगल मास्दै बजार बसाल्दै

गोरखा प्रवेश गर्ने नाका मझुवादेखि गोरखा सदरमुकाम सम्मको २४ किलोमिटर सडकको दायाँ बायाँ बनजंगल क्षेत्रमा आफुखुसी टहरा बनाउने क्रम बढेको छ ।

सामुदायिक बन सँगको मिलेमतोमा स्थानीयले पसल राख्ने भन्दै बजार बसाल्न थालेका छन् ।
गोरखा नगरपालिका वडा नम्बर १० बिरेनचोक सामुदायिक बन क्षेत्र भित्र पाँचवटा टहरा बनेको छ । सँगै सार्वजनीक जग्गामा पक्की संरचना निर्माण भएको छ । त्यहाँ मदिरा पसल, साना होटल संचालित छन् । बन क्षेत्र भित्र र सडक क्षेत्र भित्रका जग्गा अतिक्रण गरेर टहरा बनाउने क्रम बढेसँगै मानिसको चलपहल ति ठाउँमा दिनदिनै बाक्लिँदो छ ।
‘टहरामा बसेर मानिसले ब्यापार गरेका छन्, हामीले हटाउन भनेका छौँ’ बिरेनचोक सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष भुरमण घिमिरेले भने ।

बन समितिले भाडा नलिएको र डिभिजन बन कार्यालयले सामुदायिक बन क्षेत्र भित्रको जग्गामा ब्यापारीक प्रयोजनले ब्यवशाय गर्न नमिल्ने बताएपछि हटाउन भनेको उनले बताए । तर अझै पनि बन क्षेत्रका टहरा हटेका छैनन् ।
गोरखा नगरपालिका वडा नम्बर १३ पाँच किलोमा बनदेवी सामुदायिक बन क्षेत्रमा तीनवटा टहरा बनेको छ । बाँसले बारेर बनाइएको टहरा पसल राख्ने प्रयोजनले स्थानीयले निर्माण गरेका छन् । यी बाहेक तीन किलो, बाह«किलो लगायत क्षेत्रमा पनि सडक र जंगलक्षेत्र भित्रको जग्गा अतिक्रमण भएको छ । दुई चारवटा नाङ्लो पसलबाट सुरु भएको गोनपा ११ को बाह«किलोमा अहिले ४० वटा भन्दाबढि पसलले बजार बनेको छ ।

पटक–पटक डिभिजन बन कार्यालय, वडा, नगरपालिका र प्रशासन, सडकले हटाउन खोज्दा सकेको छैन । अहिले एक÷दुईवटा पसलबाट सुरु भएको अन्य ठाउँमा पनि जंगल, सार्वजनीक जग्गा अतिक्रमण हुने र बजार बस्ने खतरा बढेको छ ।
पहिले टहरा, झाप्रो बनाउने, एक, दुई गर्दै संख्या थपिँदै जाने, सार्वजनीक जग्गा र बनक्षेत्र अतिक्रमण हुने, बजार बिस्तार हुने, पक्की संरचना निर्माण हुने क्रम सडक छेउछाउमा बढेको बन डिभिजन कार्यालयले जनाएको छ ।
‘सार्वजनीक जग्गामा होटल,पसल राख्दा अतिक्रमण बढ्छ’ डिभिजन बन कार्यालयका सहायक बन अधिकृत होमबहादुर बल्छौँडीले भने ‘तत्काल हटाउन भनेका छौँ ।’ सामुदायिक बन क्षेत्र भित्रका टहरा नहटाए डिभिजन बन कार्यालयले आफैँले भत्काउने उनले बताए । सार्वजनीक जग्गा भित्र अस्थायी स्थायी कुनैपनि प्रकृतीको टहरा निर्माण गर्न नपाईने गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशनराज पन्तले बताए ।

‘केहीठाउँमा सार्वजनीक जग्गामा टहरा बनेको थाहा पाएपछि सम्ंबन्धित वडा मार्फत ब्यक्तिलाई चिठी काटेका छौँ’ उनले भने ‘अन्य ठाउँमा पनि त्यस्तो छ भने नगरपालिकाले हटाउनेछ ।’ बन क्षेत्रभित्र डिभिजन बन कार्यालय र नगरभित्रको सार्वजनीक जग्गा भित्र नगरपालिकाले अब्यवस्थित बसोबासलाई हटाएर ब्यवस्थित बनाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्