| बुधबार, फाल्गुन १९, २०७७

मणिकामदेवी माविमा पर्यटन विषय पढ्ने विद्यार्थीलाई पोशाक सहयोग


धार्चे गाउँपालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको गणेश हिमाल एशोसिएशनले लाप्राकको मणिकामदेवी माविमा पर्यटन विषय पढ्ने विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको छ ।


तातोपानी मेला तथा धार्चे पर्यटन महोत्सवको सन्दर्भ पारेर एशोसिएशनले पर्यटन विषयमा कक्षा ११ पढ्ने ३४ जना विद्यार्थीलाई पोशाक प्रदान गरेको हो ।

तातोपानी मेलाको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हरिराज अधिकारी तथा धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ र एशोसिएशनका अध्यक्ष सुनार गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर गुरुङलाई ३४ थान पोशाक संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।


प्रत्येक पोशाक सेटमा दुई थान सर्ट, दुईथान पाइण्ट, कोट, स्वीटर र टाइ एकएक थान रहेको गुरुङले बताए ।

तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन विकास केन्द्रले आयोजना गरेको तातोपानी मेला तथा धार्चे पर्यटन प्रवद्र्धन समितिले आयोजना गरेको प्रथम धार्चे साहसिक पर्यटन मेलाको अवलोकन गर्न गर्न गएका विद्यार्थीलाई पोशाक प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्