| बुधबार, फाल्गुन १९, २०७७

आउँदो दशैमा तेस्रो दशैँ सस्तो बजार मेला हुने


गोरखा च्याम्बर अफ कमर्शले आउँदो दशैँमा दशैँ सस्तो बजार मेला आयोजना गर्ने भएको छ ।

च्याम्बरको बुधबार सम्पन्न बैठकले आउँदो दशैँको अवसरमा १० दिने दशैँमेला आयोजना गर्ने निणर्य गरेको हो ।


२०७८ सालको असोज १४ गतेदेखि २४ गतेसम्म तेस्रो दशैँ सस्तो बजार मेला सञ्चालन गर्ने निणर्य भएको च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए । ‘घटस्थापनाको दुई दिनअघिदेखि १० दिनसम्म मेला आयोजना गर्ने निणर्य भएको छ’, श्रेष्ठले भने, ‘यसपटकको दशैँ सस्तो बजार मेलालाई विगतबाट पाठ सिकेर अझै नयाँपन दिएर मनाउने छौँ ।’


साथै बुधबारको बैठकले गोरखा च्याम्बर अफ कमर्शको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन गर्ने पनि निणर्य गरेको छ । आउँदो चैत महिनाको सात गते तेस्रो साधारणसभा तथा प्रथम अधिवेशन गर्ने निणर्य गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


गोरखा च्याम्बर अफ कमर्शमा जिल्लाभरका तीनसय ६० जनाभन्दा धेरै व्यवसायीहरु आवद्ध छन् । दुईसय ५० जनाले सदस्यता नवीकरण गरेका च्याम्बरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्