
स्वाँरामा हिमाली समाज ककालिङ गुम्बा बन्ने
गोरखाको स्वाँरा काफलडाँडामा वौद्धगुम्बाको पुनर्निर्माण हुने भएको छ । बारपाक सुलीकोट ३ को काफलडाँडामा बन्ने हिमाली समाज ककालिङ सार्वजनिक गुम्बाको वडाअध्यक्ष सुकबहादुर तामाङ र निर्माण समितिका अध्यक्ष वीरबहादुर तामाङले संयुक्त रुपमा सिलान्यास गरेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाईमार्फत प्राप्त ६७ लाख २० हजार रुपैयाँ र १५ लाख ८० हजार रुपैयाँ बराबरको जनश्रमदान गरी ८३ लाख रुपैयाँको लागतमा गुम्बा पुनर्निर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष तामाङले जानकारी दिए ।
साँढे दुईतले गुम्बा भवन आउँदो असारसम्ममा निर्माण सम्पन्न गरिसक्ने उनले बताए ।
यसअघि करिब ४० सालमा बनेको गुम्बा २०७२ सालको भूकम्पले भत्किएको थियो ।