| बुधबार, फाल्गुन १९, २०७७

प्रजातन्त्र दिबसको अवसरमा गुरुकुललाई खाद्यान्न सहयोग

७१ औँ प्रजातन्त्र दिबसको अवसर शुक्रवार जिल्ला समन्वय समिति गोरखाले गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयका विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको छ ।

गोरखा नगरपालिका ६ स्थित उक्त विद्यालयमा आबासीय रुपमा अध्ययन गर्दै आएका बालवालिकालाई करिब १५ हजार रुपैयाँ बरावरका दाल, चामल सहयोग गरिएको समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले बताए । जिल्ला समन्वय समितिका उपप्रमुख जानुका अधिकारीले उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन् । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्