| शुक्रबार, चैत्र १६, २०८०

आज गोरखकाली मन्दिरमा भक्तजनको घुँईचो

गोरखाको ऐतिहासिक एवं प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिरमा अन्य दिन भन्दा शनिवार भक्तजनको घुँइचो लागेको छ ।

गोरखा सदरमुकाम र जिल्ला भित्रबाट मात्र नभई बाहिरी जिल्लाबाट गोरखकाली दर्शन, पुजापाठ र अवलोकनका लागि आउनेहरुको संख्या धेरै रहेको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।
‘आज अष्टमी भएकाले पनि भक्तजन अन्य दिन भन्दा धेरै हुनुभएको हो’ गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने । ५० भन्दाबढि पशुको बली शनिवार भक्तजनले गोरखकालीमा चढाएका छन् ।

पुजापाठ गर्न बिभिन्न ठाउँबाट सवारी साधनमा आएका भक्तजनका कारण केहीबेर गोरखा दरवार पछाडि रहेको पार्किङ भरिभराउ भएको थियो ।
कोरोनाको संक्रमणपछि शनिबार अहिले सम्मकै सबैभन्दा धेरै भक्तजन दरबार आएको स्थानीयले बताएका छन् । कोभिड १९ को प्रभावका कारण लामो समय मठ मन्दिरमा पुजा पाठ बन्द हुँदा भक्तजन दर्शन गर्न, भाकल पुरा गर्न जानपाएका थिएनन् । छिमेकी जिल्ला तनहुँ, चितवन र गोरखाको बिभिन्न पालिकाबाट भक्तजन शनिवार गोरखकाली मन्दिर, गोरखा दरबार, गोरखानथ गुफाको दर्शन गर्न आएका थिए ।

प्रतिक्रिया दिनुहोस्