| बुधबार, फाल्गुन १९, २०७७

दक्षिणकाली महिला समूहको दोस्रो साधारण सभा


गोरखा नगरपालिका ७ छिपिटोलको दक्षिणकाली महिला समूहको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।


समूही अध्यक्ष तुलसा मरहट्टाको अध्यक्षता तथा वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख अतिथ्यितामा सम्पन्न साधारण सभामा सचिव राममाया श्रेष्ठले समूहको बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सर्मिला श्रेष्ठले आयव्याय विवरण प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद श्रेष्ठ तथा अन्य अतिथिहरु छिपिटोल नयाँबजार टोल विकास संस्थाका सचिव सहदेव श्रेष्ठ, नगर कृषि शाखाका प्रमुख नवीन अधिकारी, कालिका महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निर्मला श्रेष्ठ तथा समूहकी उपाध्यक्ष भगवती श्रेष्ठले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्