| शुक्रबार, बैशाख ३, २०७८

शहिदलखन गाउँपालिका र प्राईम बैंक बिच सुहलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता

शहिदलखन गाउँपालिमा सहुलियत कर्जा प्रबाह गर्ने बारे गाउँपालिका र प्राईम कमर्सियल बैंक बीच मंगलवार सम्झौता भएको छ ।

उक्त बैंकले गाउँपालिकाको केन्द्र घैरुङ र मनकामना शाखाबाट सहुलियत पूर्ण कर्जा प्रवाह गर्ने भएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले बताए ।
सम्झौता अनुसार बैंकले १० जनालाई बिना धितो ऋण प्रवाह गर्नुपर्छ । लघुबित्तले पनि बिना धितो सहुलियत ब्याजमा ‘सहुलियत पूर्ण कर्जा’ प्रवाह गर्ने गरी छलफल भईरहेको अध्यक्ष थापा मगरले बताए । ‘अहिले प्राईम बैंकसँग यो सम्झौता गरेका छौँ’, उनले भने, ‘बिस्तारै सबै बैंकसँग गर्छौँ ।’ सर्वसाधारण नागरिकले पाउने सुविधा बैंकले नदिएकाले सम्झौता गर्नु परेको उनले बताए । अहिलेसम्म बैंकहरुले उक्त कर्जा सर्वसाधारणलाई प्रवाह गरेका थिएनन् ।
कृषक, उद्यमी तथा ब्यवशायीलाई बैंकले उक्त कर्जा प्रवाह गर्नेछ । कर्जा लिन ब्यवशायिको हकमा आवश्यक प्रक्रिया र कागजात पुरा गर्नुपर्ने भएकाले उद्योग बाणिज्य संघ मनकामना बजार इकाईले सहयोग गर्नेछ ।

प्रवाह गरिएको ऋण सहज तवरले असुल गर्न नसकेमा गाउँपालिकाले सहयोग गर्ने सहमती गरिएको छ । शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, प्राईम कमर्शियल बैंकका घैरुङ शाखा प्रबन्धक अमृत कुमार अधिकारी र मनकामना शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सर्वसाधारण नागरिकलाई बैँकिङ पहुँच सहज रुपमा पु¥याउन राष्ट्र बैंकले सहुलियत कर्जा अनिवार्य दिनुपर्ने नीति लिएको छ । सोही नीति अनुसार ‘क’ बर्गको बैंकले १० जना, ‘ख’ बगको बैंक तथा बित्तिय संस्थाले सात र ‘ग’ बर्गकोले तीन जनालाई सहुलियत पूर्ण कर्जा प्रवाह गर्नुपर्छ । तर गोरखामा अधिकांश बैंकहरुले यस्तो कर्जा दिएका छैनन् । कर्जा प्रवाह नगरे बापत राष्ट्रबैंकलाई हर्जना तिरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्