
५० लाख कोरोनाविरुद्धको खोप किन्ने प्रक्रिया सुरु
सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिदको तयारी सुरु गरेको जानकारी दिएका हुन् ।
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिको मंगलबारको बैठकमा स्वास्थ्य सचिव अर्यालले उक्त जानकारी दिएका हुन् । ‘थप ५० लाख डोज खोप किन्नका लागि तयारी सुरु गरेका छौं । खोप खरिदको स्रोत सुनिश्चितता अर्थ मन्त्रालयले गरेको छ,’ उनले भने ।